खनालको स्वास्थ्य मिडियामा आए जस्तो जटिल छैनः स्वकीय सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी सचिवालयले स्पष्ट पारेको छ । खनालको स्वास्थ्यमा समस्या उत्पन्न भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन गर्दै नेता खनालको सचिवालयले उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्पष्ट पारेको हो । बाहिर मिडियामा आएको समाचारमा जस्तो नेता खनालको स्वास्थ्यमा कुनै जटिल तथा संवेदनशील समस्या नभएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् । केही सामान्य समस्या आउँदैमा स्वास्थ्य अवस्थालाई जटिल भन्न नहुने र समाचार सम्प्रेषण गर्नुभन्दा अगाडि परिवारसंग जानकारी लिन उनले आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...