काठमाडौं । रमेश बडाल नयाँ महान्यायधिवक्ताका रुपमा सिफारिस भएका छन् । बडालको नाम प्रधानमन्त्रीको कार्यालयबाट सिफारिस भएको हो । आजै महान्याधिवक्ता रहेका खग्नी खरेलले राजीनामापत्र प्रधानमन्त्री समक्ष बुझाएपछि उनको राजीनामा स्वीकृत भएको छ ।
खरेलको राजीनामा स्वीकृत भए लगत्तै बडाल नयाँ महान्यायधिवक्ताका रुपमा सिफारिस भएका हुन् । बडाल नेपाल बार एसोसियसनका उपाध्यक्ष समेत हुन् । उनलाई नियुक्त गर्न राष्ट्रपति कार्यालयबाट सिफारिस गरिएको हो ।