मिस ग्रेस पोखराको फस्ट लुक चैत्र ७ गते लेकसाइडको ओपन हाउसमा गरिने

पोखरा । मिस ग्रेस पोखराको फस्ट लुक चैत्र ७ गते लेकसाइडको ओपन हाउसमा गरिने भएको छ ।

वियोन्ड इन्टरटेनमेन्टको आयोजनामा उक्त प्रतियोगिताको फस्ट लुक सार्वजनिक गरिने भएको हो । अन्तरवार्ता र सोसल मिडिया जर्जमेण्टबाट छनोट भएका १० प्रतियोगीले प्रतियोगितामा प्रस्तुती दिने छन् ।

ग्राण्ड फिनालेको लागि प्रतियोगीलाई चैत्र ७ बाट चैत्र २८ गतेसम्म आवश्यक तालिम र अभ्यास गराइने मिस ग्रेस पोखराका कार्यक्रम संयोजक डिजे सस्पोइजनले जनाकारी दिएका छन् ।

प्रतियोगीलाई दक्ष प्रशिक्षकद्वारा विभिन्नि विधामा प्रशिक्षण गराइने कार्यक्रम संयोजक डिजे सस्पोइजनले जानकारी दिएका छन् ।

पोखरामा हुने गरेका अन्य सौन्दर्य प्रतियोगिताभन्दा पृथक बनाउने कार्यक्रम संयोजक सस्पोइजनले बताए ।

उक्त कार्यक्रमको विजेताले नगद ५० हजार सहित म्युजिक भिडियो र चितवन भ्रमण प्याकेजका साथै अन्य गिफ्ट ह्याम्पर, पुरस्कार प्राप्त गर्ने मिडिया संयोजक कृष्ण न्यौपानेले जनकारी दिएका छन् ।

कमेन्टहरु
Loading...