माओवादीको भातृ संगठन वाईसीएल ब्युँतियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल ब्युँतिएको छ । सर्वोच्चको फैसलापछि माओवादी केन्द्र पुनर्स्थापित भएसँगै वाईसीएल पनि ब्युँतिएको हो ।

त्योसँगै बुधबार र बिहीबार काठमाडौंमा बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठक बसेको छ । बैठकले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने बताइएको छ ।

बैठकले राष्ट्रिय भेला अगाडि दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णयसमेत गरेको वाइसीएलका सचिव पुष्प ओलीले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...