पोखरा । पोखरा महानगरपालिकाका ९ वटा वडाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको विवरण अनुसार बिहीबार पोखरामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बागलुङमा पनि थप २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार २ सय ६१ पुगेको छ ।