सिन्धुली। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताएका छन् ।
बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताएका हुन् ।
‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि ठूलो लडाईं जितियो भनेर रिल्याक्स गरेको अवस्थामा फेरि अदालतले पार्टी फुटाएर पहिलाकै अवस्थामा ल्याइदियो,’ उनले भने, ‘हामीलाई फेरि एकपटक टाउकोमा ड्याम्म हानेको जस्तो भाछ ।’