खनाल र नेपालसहित एमाले संसदीय दलको बोर्ड गठन

काठमाडौं । बालुवाटारमा जारी नेकपा एमाले संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ । बैठकले झलनाथ खनाल र माधवकुमार नेपालसहितको २७ सदस्यीय बोर्ड गठनको निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकले खनाल र नेपालसहित संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २७ जना सदस्य रहेको बोर्ड गठन गरेको सांसद् शेरबहादुर तामाङले जानकारी दिए ।

बोर्डमा प्रधानमन्त्री ओली सहित संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य छन् । त्यस्तै सदस्यहरूमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक, विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन बाँनिया, राजेन्द्र राई र महेश बस्‍नेतलगायत रहेको छन् ।

यस्तै बैठकले संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र बिमला पौडेल राईको तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको छ । कार्यदललाई ७ गतेको संसदीय दलको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव तयार गरेर पेश गर्ने जिम्मेवारी दिइएको छ ।

नेकपा एमालेको संसदीय दलमा १ सय २१ जना सांसद् रहेकाले त्यहि अनुसारका सदस्यहरूलाई जिम्मेवारी दिने सांसद् शेरबहादुर तामाङले जानकारी दिए । । बैठकले गुटगत गतिविधि गर्नेहरूलाई कारबाही गर्ने विषयमा छलफल र निर्णय नगरेको उनको भनाइ छ । हरेक बैठकमा शत प्रतिशत सांसद् उपस्थित हुन नसक्ने भन्दै उनले अर्को बैठक ७ गते विहान साढे १० बजे बालुवाटारमै बस्ने बताए ।

कमेन्टहरु
Loading...