गुटगत भेला गर्ने नेतालाई स्पष्टीकरण र कारबाही प्रक्रिया अघि बढाउने

काठमाडौं । नेकपा एमालेले गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान गरेको छ ।

दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको हो ।

माधव नेपाल पक्षका केही सांसद बैठकमा सहभागी भएपनि अरु बाटोबाटै फर्किएका थिए । सो पक्षका सांसदहरुले अबदेखि बैठकमा भाग लिने बताएका छन् ।

कमेन्टहरु
Loading...