पोखराको सिद्धार्थचोकमा चक्कु तेस्र्याएर लुटपाट

राजु गिरी ।

पोखराको सिद्धार्थचोकमा २ वर्षदेखि फलफूल व्यवसाय गर्दै आएका सिन्धुलीका भगवान चौधरीको कोठाबाट नगद ९० हजारसहित २ वटा मोवाइल चोरी भएको छ ।

हिजो (बुधबार) राती करिब १०ः३० बजे चौधरीका दम्पती व्यवसाय बन्द गरेर डेरामा फर्की खाना खाई आराम गर्ने समयमा एक जना मानिस आएर चक्कु तेस्र्याउदैँ नगद र मोवाइल चोरी गरेको चौधरीले जानकारी दिए ।

चौधरीको २ वर्षे छोरा छन् । सोही छोराको घाटी नजिक चक्कु तेस्र्याई आवाज ननिकाल्न धम्काउदै चोरी गरेको चौधरीले बताए । छोराकै घाटीमा चक्कु तेस्र्याएपछि हार गुहार गर्न नसकिएको उनको भनाई छ ।

लुटपाटका दौरान लुटेराले अनुहार छोपिने मास्क र टोपी लगाएको उनीहरुले बताएका छन् । उनीहरुका अनुसार चोरी भएको एकछिन पछि चोर समात्न सहयोग मागे पनि चोर फरार भैसकेको थियो ।

घटनाबारे उजुरी गर्न चौधरी दम्पत्ती प्रहरीसमक्ष जाने भएका छन् ।

 

कमेन्टहरु
Loading...