बालुवाटारको बैठकमा माधव नेपाल पक्ष नजाने, हेरिटेजमै डाके आफूपक्षिय सांसद भेला

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएका छन् । प्रधानमन्त्रीले बैठक बोलाएकै समय पारेर माधव नेपाल पक्षले आफ्नो समूहका सांसदहरुको भेला डाकेको हुन् ।

राष्ट्रिय कार्यकर्ता भेला भइरहेको ललितपुरको हेरिटेज गार्डेन ब्याक्वेटमै सांसदहरुको भेला बोलाइएको छ । भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभाका माधव नेपाल पक्षका सांसदहरु सहभागी हुँदैछन् ।

भेला विहान १० बजेबाट शुरु भएको छ । । यता प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारमा दलको बैठक बोलाएको छन् ।

कमेन्टहरु
Loading...