गन्थन डेस्क । पोखरामा लागुऔषधसहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले एकजनालाई उनकै घरको कोठाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १३ संगमटोल बस्ने बर्ष २१ को टिङ्कु भन्ने सागर परियार रहेका छन् । उनको साथबाट नाईट्रोभ्याट ३८९ ट्यावलेट र १ थान मोबाईल फेला परेको छ । पक्राउ परेका परियारलाई लागुऔषध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरीले बताएको छ ।