गन्थन डेस्क । रतन पाण्डे बचत तथा ऋण सहकारी संस्थाले संस्थाको १६ औं स्थापना दिवस मनाएको छ । पोखरा १३ आर्वा, साझाचोकमा स्थित सहकारीले रक्तदान कार्यक्रम आयोजना गरि मनाएको हो ।
बुधबार आयोजित रक्तदान कार्यक्रममा ८० पिन्ट रगत संकलन भएको रतनपाण्डे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त शर्मा अधिकारीले जानकारी दिए ।
उक्त रक्तदान कार्यक्रममा पहिलो रक्तदातालाई बल्ड ब्याग हस्तान्तरण गर्दै कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्सका केन्द्रीय अध्यक्ष डिल्लीराम बरालले कार्यक्रम शुभारम्भ गरेका थिए ।
बरालले वित्तिय कारोबार, सामाजिक सामुदायिक विकास तथा मानवीय सेवाका क्षेत्रमा रतनपाण्डे सहकारीले गरेको उल्लेखनीय तथा अविस्मरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।