मौरिस हर्जाेकको सम्झनामा पोखरामा शोकसभा ‘हिमाल बेचेर कमाई गर्ने तर हिमाल संरक्षणमा वास्ता गरेनन् ’

पोखरा मंसिर १०/अन्नपुर्ण हिमालको सफल आरोहण गरेर विश्वकिर्तिमानी रचेका स्वर्गिय मौरिस हर्जाेकको तेह्रौ दिनको पुण्य तिथीमा पोखरामा मंगलबार शोक सभा गरिएको छ । अन्नपुर्ण हिमालको आरोहण गरेर विश्वमा आफ्नो तथा नेपालको नाम चिनाउन सफल हर्जाेकको गएको डिसेम्बर १५ तरिखमा निधन भएको थियो । मंगलबार पोखरामा मौरिस हर्जाेकको तस्विरमा माल्यार्पण समेत गरिएको थियो ।

हिमाल चिनौँ अभियान नेपालले श्रद्धासुमन मौरिस हर्जाेक स्मृतिमा हिमाल आरोहण र पर्यटन विषयक गोष्ठीमा अग्रज पर्यटन विद् झलक थापाले मौरिस हर्जाेकले पोखरालाई तिर्न नसक्ने गुन लगाएको गएको स्मरण गर्दै हर्जाेकले अन्नपूर्ण हिमाल जस्तो कठिन आरोहण गरेर हिमाल आरोहणको ढोका विश्वभर खोलेका हुन् । उनले भने‘हर्जाेकले केबल आफूले मात्रै किर्तिमान राखेका होइनन् ,उनले नेपाललाई विश्वभर चिनाए’। उनले भने ‘अब अन्नपूर्ण हिमाल एक्लो छैन,अब हामीले अन्नपूर्णको साझेदारी हुदैँ काम गर्नुपर्छ तब मात्रै हर्जाेकको सच्चा सम्झना हुनेछ’। अग्रज पर्यटन विद् थापाका अनुसार नेपालको पर्यटन अझै परिभाषित छैन । ‘पर्यटन देशको सुन्दर परिचय गराउने सशक्त माध्यम हो’। थापाको भनाई रहेको थियो । हामी त केबल व्यवसायिक अतिथ्यता छ , तर सस्कारको अतिथ्यता छैन’। हरेक क्षेत्रले पर्यटनको परिभाषा बुझ्नु जरुरी छ । यता सस्कृतिकर्मी तथा प्राज्ञ तिर्थ श्रेष्ठले स्वर्गिय मौरिस हर्जाेकले अन्नपूर्ण हिमालको सफल आरोहण गरेर संसारलाई चिनाए । उनले मौरिस हर्जाेकलाई अविश्स्मरणीय अभियन्ताको रुपमा चित्रित गरे । कवि समेत रहेका श्रेष्ठले भने‘हिमालय नभए नेपालको पहिचान हुदैँथ्यो’। श्रेष्ठले पोखरालाई संसारमा चिनाउने अभियन्ताकै कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीको बाक्लो उपस्थििति नहुनु दुखद रहेको बताए । ‘अन्नपूर्णको नाम धैरेले बेचे तर तिनीहरुले नै व्यस्ता गरेनन्’। हिमाल हाम्रो सस्कृति, जनजीवन र परम्परा र इतिहास सँग जोडिएकोले हिमालको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

हिमाल सम्बन्धित नेपालको पाठ्यक्रममा समावेश गराएर पठनपाठन गराएन नयाँ पुस्तालाई हिमाल संरक्षणमा अग्रसर हुन पोत्साहन मिल्नेछ । उनले भने ‘हिमाललाई अन्तराष्र्टिय सम्बन्ध जोड्ने सेतुको रुपमा उपयोग गर्न सके देशलाई नै फाइदा हुनेछ’। नेपाल पर्यटन बोर्डका केन्द्रिय सदस्य टिकाराम सापकोटाले स्वर्गिय मौरिस हर्जाेकले पोखराको पर्यटनको ढोका खोलेको बताए । पोखरालाई संसारभर चिनाउन ठूलो योगदान थिए । उनले भने‘ अन्नपूर्ण हिमाल आरोहण गरेर इतिहास रचेका मौरिसलाई विर्सनु दुखद हो’। अन्नपूर्ण सेन्चुरी पर्यटन विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले भने ‘नेपालको सवैभन्दा ठूलो सम्पत्ति हिमालयहरु गिर्दै र हराउदै गएको छ ’। हिमालय बेचेर खाने तर संरक्षण नगर्नेहरु प्रति दुख व्यक्त गरेका थिए । गुरुङले भने संरक्षणको आवाज नउठाउने हो भने केही बर्षमै हिमाल थियो रे भन्ने इतिहास बन्ने हुदाँ संरक्षणमा सहभागि जनाउन आग्रह गरे । नेपालका अनुपम हिमालको संरक्षण गर्न नसके नेपाललाई नै ठूलो क्षति व्यहोर्नुपर्नेछ’। वि दि अन्नपूर्णका संयोजक ईश्वर कर्माचार्यले हर्जाेकको योगदानलाई सदाभर सम्झिन आग्रह गर्दै उनले पर्यटन व्यवसायी हाम्रो जनजिवन सँग जोडिएको छ त्यसको संरक्षणमा युवा पुस्तालाई अग्रसर गराउनुपर्छ । रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले पोखरालाई माया गर्छु भनेर भाषण गर्नेहरु नै पोखराका योद्धाको कार्यमा सहभागी नहुनेहरु खोक्रो पर्यटन व्यवसायी रहेको बताए । उनले भने ‘पोखरेली मिडियाले सच्चा रुपमा हिमाल चिन्न सकेका छैनन्’।

सञ्चारकर्मी समेत रहेका श्रेष्ठले भने ‘कर्मकाण्डी पुरा गर्न मात्रै एक दिन कार्यक्रम गरेर हिमालको संरक्षण हुन सक्दैन त्यसैले बार्षिक क्यालेन्डर बनाएर नै कार्य गर्नुपर्छ’। टान पश्मिाञ्चलका अध्यक्ष नारायण सापकोटाले काला पत्थरमा परिणत हुन लागेका हिमाललाई संरक्षण गर्न जुट्नुप¥यो’। हिमाल चिनौँ अभियान नेपालका संयोजक बाशुदेव मिश्रले पर्यटन व्यवसाीहरु हिमाल बेच्ने तर हिमाल संरक्षणमा पर्यटन व्यवसायीले नै चासो दिएनन्’। स्वच्छ पर्यटन व्यवसायलाई पैसा सँग जोड्न नहुने मिश्रको धारणा रहेको थियो । मिश्रले हर्जाेक पोखराको साथीको रुपमा चित्रित गरेका थिए । हिमाल चिनौँ अभियान नेपालका संयोजक बाशुदेव मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन व्यवसायी खगराज आचार्य,भानु पराजुली लगाउतले मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...