ओलीको गुटगत भेलाले हामीलाई पदमुक्त गरियो, यसलाई फिर्ता लिनुस्ः शाक्य

पोखरा । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूहरुले आयोजना गरेको राष्ट्रिय भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पीडा भएको र कारवाहीको धम्की दिएको आरोप लगाएकी छिन् । आज राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले यो गुटको भेला नभएको र एमालेको भेला भएकाले कोही डराउन आवश्यक नभएको उनको भनाई छ ।

एमालेलाई एकतामा लिएर जाने उद्देश्यसहित आयोजना भेला आयोजना गरिएको भन्दै उनले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन चेतावनी दिएकी छिन् । अध्यक्ष तथा महासचिव मात्र राख्ने निर्णय गरेर आफूहरुलाई पदमुक्त गरिएको उनको आरोप थियो । उक्त निर्णयलाई फिर्ता लिएर भेलामा सहभागी हुने ओलीलाई उनको आग्रह छ । अध्यक्ष ओलीको गुटगत बैठकले गरेको निर्णयलाई आफूहरुले मान्न नसक्ने समेत उनले बताएकी छिन् । ‘केपी ओलीले एकीकरणको आडमा प्रधानमन्त्री त बन्नु भयो ।’ उनले भनिन्, ‘तर एकीकरणका सबै समितिलाई अस्तव्यस्त बनाइदिनुभयो, एकीकरणका काम सम्पन्न गर्न पहल गर्नुभएन ।’

आफूहले ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्री सच्चिने मौका दिए पनि त्यो सबै बेकार भएको उनले बताइन् । अब ओलीले विधान मिच्न नपाउने उनले चेतावनी दिएकी छिन् । सच्चिने अझै मौका भएको भएको भन्दै उनले पार्टीलाई एकढिक्का बनाएर लैजान पहल गर्नुपर्ने उनको भनाई रहेको छ । ‘पार्टीलाई छिन्नभिन्न होइन, एकढिक्का बनाएर लैजानुपर्छ, त्यसका लागि ओली सच्चिनु आवश्यक छ ।’ उनले भनिन् ।

कमेन्टहरु
Loading...