एमाले उपाध्यक्ष गौतमले फेरे एकता अभियानको नाम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता प्रक्रिया भंग गरे पश्चात् आफूले सञ्चालन गरेको अभियानको नाम फेरेका छन् ।

गौतमले आफूले सञ्चालन गरेको अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान बनाएका हुन् । यस अगाडि गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियानमार्फत् एकताका लागि पहल गरेका थिए ।

कमेन्टहरु
Loading...