काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । पार्टीले आजका लागि पदाधिकार्री बैठकको आह्वान गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय दलको बैठक आह्वान गरेपछि पदाधिकारी बैठक आजका लागि स्थगित गर्नु परेको जसपा नेपालका नेता अशोक राईले जानकारी दिएका छन् । नयाँ सत्ता निर्माणका लागि जसपा नेपाल यति बेला निर्णायक भूमिकामा छ । सत्ता समीकरणका लागि सहभागी हुने या नहुने भन्ने विषयमा जसपा पार्टीभित्र बहस चलिरहेको छ ।
