राष्ट्रिय कार्यकर्ता भेलाका विषयमा जानकारी दिन एमाले नेता नेपालले पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समुहले आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा आज विस्तृत जानकारी दिने भएका छन् । केन्द्रीय प्रचार विभागका अनुसार आज दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत् काठमाडौंमा चैत्र ४ र ५ गते हुने राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिइने छ । आज ललितपुरको सानेपाचोकमा रहेको होटल हेरिटेज गार्डेनेमा उक्त समुहको राष्ट्रिय कार्यकर्ता भेलाका विषयमा जानकारी दिने उद्देश्य सहित पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।

उक्त कार्यकर्ता भेलालाई रोक्न प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपासहितका नेतासंग सोमबार धुम्बाराहीमा भएको वार्ताका क्रममा आग्रह गरेका थिए । तर एमालेको नेपाल पक्षका नेताले भने कुनै पनि हालतमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने बताएका थिए । उनीहरुले आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आयोजना गर्ने चियापान कार्यक्रममा समेत नजाने घोषणा गरेका छन् ।

कमेन्टहरु
Loading...