धुर्मुस सुन्तलीलाई सघाउन पोखरामा एमसीसीकाे ४ दिने क्रिकेट

गन्थन डेस्क

मालेपाटन क्रिकेट क्लब (एमसीसी),  पोखराको आयोजनामा ४ दिने क्रिकेट प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगिताको उद्देश्य धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको रङ्गशाला निर्माणमा सहयोग गर्नु हो ।

प्रतियाेगिता चैत १३ देखि १६ गतेसम्म मालेपाटनस्थित बाराहि माविको खेल मैदानमा आयोजना हुनेछ । ‘खेल स्वास्थ्यलाई, सहयोग रङ्गशालालाई’ भन्ने नारा सहित ‘प्रथम मालेपाटन कप २०७७’ आयोजना गरिने आयोजक क्लबले जानकारी दिएकाे छ ।

प्रतियोगिता संयोजक बिनय सुवेदिले क्रिकेटसँगै रङ्गशाला निर्माणमा विकास पुर्याउने उद्देश्य सहित सो प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले उक्त प्रतियोगिता सहयोगको लागि रहेको बताउदै विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्रदान गरिने जनाए। त्यस्तै उपविजेता टिमलाई मेडल तथा प्रमाणपत्र सहित १३ हजार रूपैयाँ प्रदान गरिनेछ ।

सुवेदिले उक्त प्रतियोगिताबाट सर्बोत्कृष्ट बन्ने खेलाडीलाई ट्रफी, मेडलबाट पुरस्कृत गरिने बताए । उनका अनुसार विधागततर्फ उत्कृष्ट व्याट्सम्यान र बलरलाई प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिनेछ ।

कमेन्टहरु
Loading...