काठमाडौं । माओवादी केन्द्रका पूर्व नेताद्वय गौरीशंकर चौधरी तथा प्रभु शाहलाई फेरी फर्काउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रयास जारी राखेका छन् । अध्यक्ष प्रचण्डले दुवै नेतासंगको छलफललाई निरन्तरता दिएका छन् । छलफलको निरन्तरता चलेपछि उनीहरु माओवादीमा फर्किने सम्भावना पनि बढेको छ । एमालेमा गएका अन्य नेतासंग छलफल नगरिएको भए पनि प्रचण्डले माओवादी केन्द्रमा फर्काउन नेताद्वय चौधरी तथा शाहसंग भने छलफल तथा प्रयास गरेका हुन् । हाल प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका छन् भने शाह सहरी विकास मन्त्री हुन् ।
