खगेन्द्र संग्रौलाको गम्भीर आरोपः निर्मला प्रकरणमा गृहमन्त्री थापा संलग्न भएकाले निरीह बने

काठमाठौं । गृहमन्त्री रामबहादुर थापा बादलप्रति लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गम्भीर आरोप लगाएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा निर्मला पन्तको हत्याका विषयमा गम्भीर आरोप लगाएका हुन् ।

निर्मलाको बलात्कारपछि भएको हत्यामा गृहमन्त्री थापा संलग्न रहेकाले घटनाको सत्यतथ्य बाहिर ल्याउन निरीह बनेको आरोप संग्रौलाले लगाएका छन् । गृहमन्त्री थापाको संलग्नतालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ब्ल्याकमेलिङ गरिरहेको उनको आरोप रहेको छ । समयसंगै धेरै कुराहरु खुल्दै जाने तथा गृहमन्त्री थापाको सत्ता स्वार्थका सबै कुरा बाहिर आउने उनले बताएका छन् ।

‘निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा बादलको संलग्नताले उनी निरीह बने । उनको निरीहपनलाई केपी ओलीले ब्ल्याक्मेलिङ गरिरहेका छन् । आफ्नो सत्ता स्वार्थलाई । धेरै कुरा समय क्रममा खुल्दै जाने छ ।’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

कमेन्टहरु
Loading...