काठमाडौं । माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी (जसपा) पार्टीसंग छलफल वार्ता गर्ने भएको छ ।
आज बजेको केन्द्रीय कमिटीको बैठकमा कांग्रेस तथा जसपासंग वार्ता गर्ने निर्णय भएको पार्टीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । जिल्ला तथा प्रदेशमा संगठन विस्तारका लागि पार्टीका नेता जाने, संसदमा भएका राजनीतिक दलसंगको वार्तालाई निरन्तरता दिने र सर्वोच्च अदालतमा पुनरावलोकनमा जाने लगायतका विषयमा आजको बैठकमा छलफल भएको नेता श्रेष्ठको भनाई छ ।
माओवादी केन्द्र पार्टीले एमालेतर्फ लागेका नेतालाई फिर्ता बोलाइए पनि नआएको तथा पत्र समेत पठाइएकोमा त्यसको जवाफ नआएकाले अब सोही विषयलाई आधार मानेर पार्टीले उनीहरुको बारेमा थप निर्णय लिने पार्टीका प्रवक्ता समेत रहेका श्रेष्ठले बताएका छन् ।