पाेखरा । इटहरी १० निवासी अर्चन विष्ट डि.भि.एम स्कुलबाट एसईई पास गरि इटहरीको विश्व आदर्श कलेजमा आफ्नो अध्ययनलाई अगाडि बढाईरहेको छन् । कलिलै उमेरमा मोडलिङ क्षेत्रमा प्रवेश गरेका अर्चनले आफ्नो कामले सबैलाई मोहित पारिसकेका छन् । बिष्ट सबैमाझ परिचित छन् । सबैसँग मिझासिला , सहयोगी र मेहेनति स्वभाव भएका अर्चन सामाजिक कार्य , गितसङ्गित र खेलकुदमा निकै रुचि राख्दछन् । सानै उमेरमा आफ्नो छाप छाडिसकेका अर्चनले ” बिट द हिट ” “मिस्टर टिन ” नेपालको उपाधी हासिल गरिसकेका छन् ।
हाल उनलाई बिर्तामोड , इटहरी , धरान , बिराटनगर , पोखरा , काठमाडौ , चितवन लगायतका विभिन्न स्थानहरुमा सन्चालन भैरहेको फेसन शो , ब्युटी प्याजेन्टहरुमा गेष्ट मोडलको भुमिकामा देख्न सकिन्छ । हेर्दा निकै हसिलो र मिलनसार देखिने उनले जो कोहिलाई पनि आफ्नो आत्मिय व्यवहारले छिट्टै आफ्नो प्रभावमा पार्ने गरेका छन् ।
नेपालबाट मिस्टर टिनको उपाधी हासिल गरिसकेका अर्चन भियतनाममा हुने ‘मिस्टर टिन इन्टरनेशनलमा’ नेपालबाट प्रतिनिधित्व गर्दैछन् ।