पर्यटन यातायात व्यवसायीको नयाँ समिति

पोखरा, पुस १०/
पर्यटन व्यवसाय अन्तर्गत लेकसाईडका यातायात व्यवसायी एकजुट भएका छन् । पर्यटन यातायात व्यवसायीको हकहित उजागर गर्न तथा आईपरेका समस्यालाई सामुहिक रुपमा समाधान गर्नका लागि एकजुट भएको व्यवसायीले बताएका छन् ।

व्यवसायीले मंगलबार तदर्थ समिति समेत गठन गरेका छन् । रमेशबहादुर खत्रीको संयोजकत्वमा गठित समिति १३ सदस्यीय छ । त्यस्तै तीन सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । पर्यटनको क्षेत्रमा लागेका यातायात व्यवसायीको समस्यालाई सामुहिक रुपमा समाधान गर्नका लागि नयाँ समिति गठन गरिएको सदस्य विश्वराज अधिकारीले बताए ।

समितिका अन्य सल्लाहकारमा अधिकारी सहित मन्दरा ढकाल, राजु दाहाल, नवराज अधिकारी, हरि बास्तोला, बबरजंग गुरुङ, तेजनाथ पौडेल, मदन केसी, श्याम दाहाल, तारा गौतम, महेन्द्र अधिकारी र पाशाङग्याल्जेन शेर्पा छन् । त्यस्तै सल्लाहकार समितिमा बासुदेव त्रिपाठी, किर्तिबल्लभ त्रिपाठी र कुमार क्षेत्री रहेको अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...