एमाले बचाउन नेताहरुको दौडधुप, उपाध्यक्ष गौतमले समेत छुट्टै भेला आयोजना गर्ने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफू पक्षीयको छुट्टै भेला आयोजना गर्ने भएका छन् ।

पार्टी एकता अभियानमा लागिरहेका उपाध्यक्ष गौतमले भोलि मंगलबारका लागि आफू पक्षीयको छट्टै भेला आयोजना गर्न लागेको उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिएका छन् । प्रेस सल्लाहकार सुवेदीका अनुसार उक्त भेला भोलि बिहान ११ बजे बल्खुको सिद्धिगणेश पार्टी प्यालेसमा आयोजना गर्ने तयारी छ ।

उपाध्यक्ष गौतमको एकता अभियानको समुहका १ सय ७५ जना कार्यसमिति सदस्य रहेका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडि अध्यक्ष तथा महासचिव बाहेकका सबै पद खारेज गरेपछि गौतमले विरोध जनाएका छन् । अध्यक्ष ओलीले एकलौटी निर्णय गरेको उनको आरोप रहेको छ ।

कमेन्टहरु
Loading...