पार्टीको विवाद मिलाउन प्रधानमन्त्री ओली तथा माधव नेपालबीच आज वार्ता हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ । अहिले केहीबेरमा दुवैबीच भेटवार्ता हुने बताइएको छ । पार्टीभित्रको विवाद मिलाउनका लागि उनीहरु दुवै जनाबीच भेटवार्ता हुने भएको हो ।

नेता नेपाललाई छलफलका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बोलाएका हुन् ।

वार्ता पार्टी कार्यालय धुम्बाराहीमा हुने बताइएको छ । वार्तामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल तथा सचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

नेपाल पक्षबाट वार्ताका लागि नेता झलनाथ खनालसहित माधवकुमार नेपाल तथा अन्य २ जना नेताहरु सहभागी हुने बताइएको छ ।

कमेन्टहरु
Loading...