महन्थले समर्थन गर्दा पनि केपि ओलीको बहुमत पुग्दैन

पोखरा/सर्बोच्च अदालतले संसद पुर्नस्थापनाको घोषणा गरेसँगै पछिल्लो समय नेपालका राजनीतिक दलहरु सत्ता समिकरणका लागि दौडधुप गरिरहेका छन् । ठुला दलहरु नेपाली काँग्रेस,नेकपा(एमाले) र नेकपा (माओबादी ) केन्द्र सरकार समिकरणका लागि जसपालाई साथ लिने कसरत गरिरहेका छन् ।
यतिबेला प्रधानमन्त्री केपि शर्मा ओली जनता समाजबादी पार्टीलाई बिभाज गराएर १५ संसद आफ्नो पक्षमा ल्याउनका लागि ठुलो गृहकार्य गरिरहेका छन् । प्रधानमन्त्री ओलीको प्रस्ताबको कारण जनता समाजबादी पार्टीमा यतिफेर महन्थ ठाकुर समुह र बाबुराम,उपेन्द्र , शरदसिँह भण्डारी र राजेन्द्र महत्तो समुह बिचमा बिबाद पैदा भएको छ । ओलीले धेरै मन्त्रालयको अफर गरेसँग्ै महन्थ ठाकुर समुह ओलीलाई सहयोग गर्ने अडानमा बसेको छ भने भट्टराई,यादव,भण्डारी र महत्तो समुह भने केपि ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने अडान लिएर बसेको छ ।
यहि कारण जसपा बिभाजन भयो भने पनि महन्थ ठाकुराको पछाडी बढिमा ८ जना सांसद रहने जसपाका एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्री केपि शर्मा ओलीलाई महन्थको ८ सांसदले बहुमत नपुग्ने देखेपछि महन्थ समुह पार्टीमा कमजोर बन्दै गएको छ ।
ओलीले सरकार टिकाउन जसपा बिभाजनको योजना फेल खाएसँगै ओली सरकारले बहुमत प्राप्त गर्ने संभावना न्युन बन्दै गएको राजनीतिक बिश्लेषकहरु बताउँछन् ।

कमेन्टहरु
Loading...