Breaking: लाहानको मालपोतनजिक विष्फोट, ६ घाइते १ चिन्ताजनक

सांकेतिक तस्बिर

गन्थन डेस्क

लाहानः सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले दिएको जानकारी अनुसार लाहानस्थित मालपोत कार्यालय नजिक बम विष्फोट भएको छ ।

विष्फोटमा परी ६ घाइते भएका छन् । जसमध्ये १ को अवस्था गम्भीर भएको बताइएको छ ।

करिब १ बजेको समयमा भएको विष्फोटको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन । सुरक्षा निकायका प्रमुखहरु घटनास्थलतर्फ लागेका छन् ।

प्रारम्भिक जानकारी अनुसार कुकर बम पड्काइएको हो । विष्फोटबारे पूर्ण विवरण आउन बाँकी छ ।

कमेन्टहरु
Loading...