डिपिएल युथ टिम गण्डकीले दियो युवाहरुलाई नेतृत्व विकास तालिम

पोखरा । डिपिएल युथ टिम गण्डकीद्वारा युवाहरुलाई लक्षित गरि नेतृत्व विकास तालिम दिएको छ । पठन संस्कृतिको विकास तथा सकारात्मक सोँच सहितको सु–संस्कृत युवा नेतृत्वलाई मुल कार्यक्षेत्र बनाएर अगाडी बढेको डिपिएल युथले १८ वर्षदेखि ४० वर्षसम्मका युवालाई लक्षित गर्दै नेतृत्व विकास तालिम दिएको हो ।

कार्यक्रममा वडा ५ का जनप्रतिनिधि उज्वल खत्रीले देशका मेरुदण्ड भनेका युवा भएका र उनीहरुको समय यसै खेर फाल्न नहुने बताए । युवालाई अगाडी बढाएमा जस्तो सुकै काम पनि गर्न सकिने उनको भनाई थियो ।
युवाहरुलाई समाजमा अगाडी बढाउन विभिन्न तालिम प्रदान गर्ने उद्देश्य रहेको डिपिएल युथ टिम गण्डकीका संस्थापक अध्यक्ष बसन्त गिरीले बताए ।

३० जना युवाको सहभागिता रहेको तालिममा युथ टिमका सचिव सुशिल नेपालीले प्रशिक्षण दिएका थिएभने कार्यक्रमको संचालन टिमका महासचिव प्रदिप शर्मा बरालले गरेका थिए ।

कमेन्टहरु
Loading...