गन्थन डेस्क
गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको कूलपतिमा पाँच जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।
सामाजिक बिकास मन्त्रालय अन्तरगत रहने प्रज्ञा प्रतिष्ठानको कुलपतिका लागि रमेश श्रेष्ठ, पुरुषोत्तम न्यौपाने, सुर्य खड्का बिखर्ची, माधब बियोगी र दुर्गा बहादुर शाह ‘बाबा’बीच कडा प्रतिस्पर्धा देखिएको छ ।
कविता र चित्रकला विधाका श्रेष्ठले नेपाल प्रज्ञा प्रतिष्ठानको ललित कला बिभागमा रहेर काम गरिसकेका छन् । पृथ्वीनारायण नारायण क्याम्पस पुर्ब प्राध्यापक समेत रहेका बिखर्ची प्रज्ञा प्रतिष्ठान नेपालका प्राज्ञ सभा सदस्य समेत हुन्। उनको विधा साहित्य हो ।
गायन बिधाका न्यौपाने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय अध्यक्ष भैसकेका छन् । यस्तै साहित्य बिधाका बियोगी जनप्रीय क्याम्पसका पुर्ब प्रमुख हुन् । त्यस्तै, नेपाल राष्ट्र बैकका उपनिर्देशक भइसकेका बाबा पनि साहित्य विधाका हुन् ।
यस्तै, सार्वजनिकरुपमा दरखास्त आव्हान गरिएको सदस्य सचिवमा मनकुमार श्रेष्ठको पक्कापक्की जस्तै देखिएको छ । जन सांस्कृतिक महासंघका गण्डकी अध्यक्षसमेत रहेका श्रेष्ठ लामोसमय देखि पोखरामा कला र संस्कृतिको क्षेत्रमा क्रियाशील छन् ।