काठमाडौं । सरकारले सबै स्थानीय तहमा छिटोभन्दा छिटो कोलोपत्रे सडक सञ्जाल विस्तार गर्ने भएको छ । आज सोही योजना अनुसार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ उद्घाटन गरेका छन् ।
बालुवाटारबाट प्रधानमन्त्री ओलीले सो योजनाको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । भर्चुअलमाध्यमबाट सडक योजनाको उद्घाटन गरेपश्चात् ७ वटै प्रदेशमा उक्त कार्यको सहमतिपत्र (एमओयु) मा समेत हस्ताक्षर भएको छ ।
यो योजनामा हस्ताक्षरा भएसंगै अब मुलुकमा कालोपत्रे सडक नपुगेका स्थानीय तहहरुमा सडक निर्माणका कार्यहरु तत्काल सुरु हुने संघीय मामिला तथा स्थानीय विकासमन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताको जीवन रक्षा तथा सुख सबैभन्दा महत्वपूर्ण भएको र त्यस्ता कार्यहरु वर्तमान आफू नेतृत्वको सरकारले गरिरहेको उनले दावी गरेका छन् । वर्तमान सरकारले मुलुकको विकास निर्माणका कार्यहरुलाई तीव्रता दिएको उनको भनाई रहेको छ । बाटोको निर्माण तीव्र गतिमा अगाडि बढेको र आजको कार्यक्रमले अझै तीव्रता ल्याउने प्रधानमन्त्री ओलीले दावी गरेका छन् ।
बाटोको लम्बाईमात्र नजोडेर त्यसको गुणस्तरतामा पनि ध्यान दिनुपर्ने उनले बताएका छन् । ‘नेपालमा बाटोहरु त खोकिएका छन्, तर त्यस्तो बाटोहरुमा गोरखालीहरुले मात्र गाडी गुडाउने सक्ने खालका छन् ।’ उनले भने, ‘अब गोरखालीले मात्र होइन सबैले गाडी गुडाउन सक्ने किसिमका गुणस्तरता सहित बाटो बनाउनुपर्छ ।’ विकासका गतिमा लगातार अगाडि बढेको र आजको काम राष्ट्रिय अभियान भएको उनले बताएका छन् । ‘हाम्रा लागि यो गौरवको अभियान हो ।’ उनले भने, ‘यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह गर्छु ।’