पोखरा । हेम्जा सञ्चार सहकारी सस्था पोखरा २५ हेम्जाको आठौं साधारणसभा शनिबार हेम्जामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य शारदा पौडेलले संस्था बलियो बन्न सञ्चालक समिति र कर्मचारीबीच तालमेल मिल्नुपर्ने बताइन् । संस्थाको लागि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष अरुणस्तोम त्रिपाठी, सस्थापक सचिव केशवशरण पौडेल, संस्थापक कोषाध्यक्ष कृष्ण त्रिपाठी, सल्लाहकार कोबिदशरण उपाध्याय, मादवशरण पौडेल र मोतिराज तिमिल्सिना लगाएतले बोलेका थिए ।
संस्थाका उपाध्यक्ष अर्जुन पौडेलले स्वगत गरि सुरु भएको कार्यक्रममा सचिव नारायण बास्तोलाले सचिवको प्रतिवेदन, कोषाध्यक्ष विष्णु बास्तोलाले आर्थिक प्रतिवेदन, र लेखा समिति संयोजक भरतराज अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य आरती अधिकारीले ७ सिद्धान्त वाचन र सञ्चालन सचिव बास्तोलाले गरेका थिए ।