अधिकारीको नेतृत्वमा भुपू विद्यार्थी मञ्च आनन्द ज्योति माविको नयाँ कार्यसमिति चयन

पोखरा । भुपू विद्यार्थी मञ्च आनन्द ज्योति माविको अध्यक्षमा नवराज अधिकारी सर्वसम्मत चयन भएका छन् । आज भएको मञ्चको अधिवेशनबाट अधिकारीको नेतृत्वमा सर्वसम्मत तरिकाले नयाँ कार्यसमिति चयन भएको हो ।

त्यस्तै मञ्चको उपाध्यक्षमा विकासप्रसाद कंडेल, सचिवमा श्रीराम कंडेल, कोषाध्यक्षमा सुशिला अधिकारी सिग्देल चयन भएका छन् ।

त्यस्तै प्रथम अधिवेशनले प्रवक्ता कृष्णराज आचार्य, सन्तोष अधिकारी, अनिल सुवेदी, अर्जुन पौडेल, केशवराज तिवारी, गोमा तिवारी सोती तथा शोभा कंडेललाई सदस्यका रुपमा चयन गरेको छ ।

यस अगाडि उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीले विकास निर्माणका काममा राजनीतिक गर्न नहुने बताएका थिए । कुनै पनि किसिमको विकासका कामहरुमा अवरोध गर्ने नाममा राजनीति गर्न नहुनेमा उनको जोड रहेको थियो ।

कमेन्टहरु
Loading...