विकास निर्माणका कार्यमा राजनीति गर्नु हुँदैनः पूर्वमन्त्री अधिकारी

पोखरा । पूर्व मन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीले विकास निर्माणका कामहरुमा राजनीतिक गर्न नहुने बताएका छन् । भुपू विद्यार्थी मञ्च आनन्द ज्वोती माविको प्रारम्भिक साधारणसभा तथा प्रथम अधिवेशनमा बोल्दै नेता अधिकारीले उक्त कुरा बताएका हुन् । कुनै पनि किसिमको विकासका कामहरुमा अवरोध गर्ने नाममा राजनीति गर्न नहुनेमा उनको जोड रहेको थियो । हरेक काममा कुनै न कुनै समस्या ताथ राजनीतिकरण हुँदा समेत देशमा विकास निर्माणका कामले पूर्णता पाउन धेरै समय लागिरहेको उनले बताए ।

भुपू विद्यार्थी मञ्च आनन्द ज्वोती माविका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ कार्यसमिति चयन हुँदै छ ।

कमेन्टहरु
Loading...