संसद र सञ्चार माध्यममा प्रतिपक्ष हावीः मन्त्री चुमान

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले संसद र सञ्चार माध्यम दुवै क्षेत्रमा प्रतिपक्ष हावी भएको बताएका छन् । शनिबार सम्पन्न संसदीय पत्रकार मञ्च गण्डकीको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनमा बोल्दै उनले संसद प्रतिपक्षको हो भन्ने मान्यता राखेको बताएका हुन् । ‘पत्रपत्रिकामा पनि समाचार प्रतिपक्षकै लेख्नुपर्ने हो ?’ उनले भने, ‘सत्ता पक्षको आलोचना गर्ने भएकाले प्राथमिकता पाउने होला तर सधै एउटै विषयवस्तुलाई समाचार बनाउने अवस्थाको अन्त्य हुनुपर्छ ।’

उनले संसद विघटन गलत भएको बताए । संविधानमा विघटन गर्न नपाइने व्यवस्था रहेको बताउँदै लोकतान्त्रिक मुल्य र मान्यतालाई आत्मसाथ गदै बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश सभा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले संसदीय पत्रकार मञ्च संसदकै अंग भएको बताएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । मञ्चमा २२ जना सदस्य आबद्ध रहेका छन् ।

कमेन्टहरु
Loading...