पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्करण लेख्ने जानकारी दिएका छन् ।
मदन लामा (लामाखुले) को यात्रा संस्करण ‘युरोप यात्राका सम्झनाहरु’ को आज लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए।
आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो ।
पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उनले बताए। उनले भने, “नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।”
पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिए ।