काठमाडौं । नेकपा एमालेले महासचिव बाहेकका सबै पदाधिकारी हटाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा महासचिव बाहेक सबै पदाधिकारी हटाउने निर्णय गरेका हुन् ।
यस्तै गृहमन्त्री रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकिएको छ । गृहमन्त्री थापासहित माओवादी केन्द्रबाट नफर्किएका २३ जनालाई बैठकमार्फत् केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
यस अगाडि प्रदेश ३ को इन्चार्जमा नेतृ अष्टलक्ष्मी शाक्य रहेकी थिइन् । पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शाक्य उनको विरोधमा उत्रिएकी थिइन् । एमालेको केन्द्रीय कमिटी सदस्यको संख्या २ सय ६४ पुगेको छ ।
यस्तै पार्टीको महाधिवेशन आगामी वर्षको मंसिरमा हुने भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवशन गर्ने निर्णय गरेका हुन् ।