हिमालय क्लबद्वारा लहरे बाली वितरण

पोखरा । पोखरा १६ बाटुलेचौरमा रहेको हिमालय क्लबले कृषिको प्रवद्र्घन गर्ने उद्देश्यले लहरे बालीका बिरुवा वितरण गरेको छ । क्लबमा आवद्घ आजीवन सदस्यलाई एक कार्यक्रमका विच घिरौला, काक्रा लगायतका विभिन्न जातका ८ सय वटा लहरे बालीका बिरुवा वितरण गरेको कार्यक्रम संयोजक पुष्पराज अधिकारीले जानकारी दिएका छन् ।

कार्यक्रमको क्लबका मानार्थ सदस्य एवं कृषिविज्ञ बेनीबहादुर बस्नेतले सल्लाहकार तारा प्रसाद तिमिल्सीनालाई बिरुवा हस्तान्तरण गरी शुभारम्भ गरेका थिए । बस्नेतले कृषि क्षेत्रको प्रवद्र्घन र विकासका लागि हरेक सदस्य कुनै न कुनै कृषि कर्ममा लाग्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रम संयोजक पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सञ्जाल पोखरा १६ का संयोजक सुवासबाबु अधिकारी, क्लबका अध्यक्ष मोहन थापा, सचिव प्रकाश थापा लगायतले क्लबले गरेका गतिविधिको चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...