नेपालमा थप ४८ जनालाई कोरोना

पोखरा । नेपालमा थप ४८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ४८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको छ । हाल नेपालमा ९ सय २९ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप २ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ६१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने संख्या सुन्य रहेको छ । हाल नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ रहेको छ ।

कमेन्टहरु
Loading...