बुटवल । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने अवस्था आउन सक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।
आज बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो आन्दोलन हिंसात्मक नहुने तर आँधीबेहरी जसरी नै आन्दोलन गर्नुपर्ने परिस्थिति आउन सक्ने भन्दै सचेत गराएका हुन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले हाल मुलुकमा संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने विषयमा ठूलो बहस भइरहेको उनको भनाई छ ।
विभिन्न आन्दोलनमार्फत् आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम लगायतले पाएको अधिकार फेरी फर्किने त होइन भन्दै उनले आशंका व्यक्त गरेका छन् ।