राष्ट्रपति भण्डारी चैत्र दोस्रो साता बंगलादेशको भ्रमणका लागि जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी २ दिने भ्रमणका लागि बंगलादेश जाने भएकी छिन् ।

चैत्रको दोस्रो हप्ता उनी भ्रमणका लागि बंगलादेश जाने कार्यक्रम तय भएको हो । उनले बगंलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी जनाउने बताइएको छ । सोही कार्यक्रममा सहभागिताका लागि राष्ट्रपति भण्डारीलाई निमन्त्रणा आएको हो ।

गत वर्ष पनि राष्ट्रपति भण्डारीले बंगलादेशको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । तर कोरोना भाइरसको महामारी सुरु भएपनि उक्त कार्यक्रम स्थगित भएको थियो । गत वर्ष कार्तिक २६ गते ४ दिने भ्रमणका लागि भन्दै बंगलादेशी राष्ट्रपति अब्दुल हमिद नेपाल आएका थिए ।

उनको नेपाल भ्रमण पश्चात् नै बंगलादेशको भ्रमण गर्न नेपालबाट समेत राष्ट्र प्रमुखबाट नै हुनुपर्ने योजना बनेको थियो ।

कमेन्टहरु
Loading...