सरकर गठनका विषयमा जसपाले प्रधानमन्त्री ओलीसंग छलफल गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसंग नेकपा एमालेले नयाँ सरकार गठनका विषयमा छलफल गर्ने भएको छ । आज साँझ ५ बजे एमालेले संसदको चौथो ठूलो दल जसपासंग छलफल गर्ने भएको हो ।

संसदमा रहेका ३ वटै दलसंग भावी सरकारका विषयमा छलफल गर्ने निर्णयअनुसार एमाले तथा जसपासंग छलफल हुँदै छ ।

जसपाका नेताहरु सोही विषयमा छलफलका लागि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सामुहिक रुपमा बालुवाटार जाने भएका छन् । पार्टीका नेता डा.बाबुराम भट्टराईसहित राजेन्द्र महतो, महन्थ ठाकुर, अशोक राई तथा उपेन्द्र यादव बालुवाटार जाने बताइएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि वर्तमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली कै नेतृत्वको सरकारले निरन्तरता पाउँछ या पाउँदैन भन्ने विषयमा सबैलाई चासो रहेको छ । जसपाको मंगलबार बसेको संसदीय दलको बैठकले सबै राजनीतिक दलहरुसंग छलफल गरेर आफ्नो माग जसले सम्बोधन गर्छ उसैसंग मिलेर सरकार बनाउन सहयोग गर्ने निर्णय गरेको थियो । जसपा राजनीति अन्यौलताको समयमा संसदमा निर्णायक दल बनेको छ ।

वर्तमा प्रधानमन्त्री ओली नेतृत्वमा रहेको सरकारमा नै सहभागी हुने या प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा माओवादी केन्द्रसंग मिलेर नयाँ सरकार गठन गर्ने भन्ने विषयमा हाल जसपाका नेताहरु विभाजित बनिरहेका छन् । पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले ओली सरकारलाई नै सहयोग गरेर अगाडि बढ्ने मनिस्थिति बनाइरहँदा अर्को पक्षले भने ओलीलाई सहयोग गर्न हुँदैन भन्ने अडान लिएका छन् ।

कमेन्टहरु
Loading...