जनतामाझ गएर प्रतिक्रियावादविरुद्ध लड्छुः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरी पनि आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको बताएका छन् । आज नमुना स्वास्थ्यकर्मी संघ नेपालले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले आफ्नै शक्तिको प्रयोग गरेर क्रान्तिको पक्षमा उभिने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले नयाँ–नयाँ साथीहरु बनाउने कोसिस गर्दा पुराना साथीहरु छुटेको स्वीकार गरे । आफूले पुराना तथा राम्रा साथीहरु यो समयमा गुमाएको भन्दै प्रचण्डले त्यसलाई उल्ट्याएर सच्याउने कोसिस तथा प्रतिबद्धता आफैंसंग गरेको बताएका छन् । आफूले प्रतिक्रियावादसंग लड्न नछाड्ने उनको भनाई छ ।

कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले मुलकभित्र तथा बाह्य शक्तिहरुबाट समेत नेपालमा आन्दोलनबाट प्राप्त उपलब्धिलाई षड्यन्त्र भइरहेको दावी गरेका छन् । अझै २÷४ वर्ष जनतामा गएर नेपाल, नेपालको परिर्वतनका लागि भएको आन्दोलन तथा उपलब्धिलाई धावा बोल्ने प्रयास भइरहेकाले आफू अझै केही वर्ष जनताको माझमा गएर त्यसलाई रोक्ने प्रयासमा रहेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

कमेन्टहरु
Loading...