एमाले नेता झलनाथ खनालको फेरिएको बोलीः ओलीले नै सरकारको नेतृत्व गर्छन्

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू अझै २ वर्ष एमालेको नेतृत्वमा सरकार हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । संसदको बैठकबाट बाहिरिदै गर्दा सञ्चारकर्मीरसंग आफ्नो भनाई व्यक्त गर्दै उनले आफ्नै बोली फेरेका हुन् । वरिष्ठ नेता खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै बाँकी २ वर्ष नेतृत्व गर्नुपर्ने बताएका छन् ।

संविधानको मर्म तथा भावना अनुसार अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई रहेको छ । संसदमा अब नयाँ खेल सुरु भएको समेत उनले बताएका छन् । राजनीतिक खेल खेल्ने थलोका रुपमा संसद रहेको भन्दै वरिष्ठ नेता खनालले अब खेल सुरु भएको बताएका हुन् । आफूहरु हाल ३ वर्षपछि एमाले भएको र केही गल्तीले गर्दा आजको अवस्थामा आउनुपरेको उनको भनाई रहेको थियो ।

कमेन्टहरु
Loading...