चैत्र ३ गते बस्ने गरेर संसद बैठक स्थगित, प्रधानमन्त्री ओली आज बैठकमा बसेनन्

काठमाडौं । आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको यो दोस्रो बैठक हो । दिउँसो १ बजेका लागि बैठक बोलाइएको भएपनि केही ढिलो गरेर सुरु भएको थियो । आजको बैठक निधन भएको १४ जना पूर्व सांसदहरुको शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । संसदको अर्को बैठक चैत्र ३ गते बस्ने गरेर स्थगित गरिएको हो ।

यता प्रधानमन्त्री केपी शर्मा ओली भने बैठक सुरु हुनुभन्दा अगाडि नै बाहिरिएका थिए । उनी बैठकस्थल नयाँबानेश्वरस्थित संसद भवनमा करिब १० मिनेट बसेर प्रधानमन्त्री ओली बाहिरिएका हुन् ।

यस अगाडि २३ गतेको संसद बैठकमा समेत प्रधानमन्त्री ओली नबसेर नै फर्किएका थिए ।

कमेन्टहरु
Loading...