गृहमन्त्री थापालाई पार्टी उपाध्यक्ष बनाउने एमालेको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले गुहमन्त्री रामबहादुर थापा बादललाई पार्टीको उपाध्यक्ष बनाउने तयारी गरेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने तयारी गरेका हुन् ।

सर्वोच्चले नेकपा नाम ऋषि कट्टेललाई दिएर नेकपा एमाल तथा माओवादी केन्द्रलाई ब्युँत्याइदिएपछि पूर्व माओवादी केन्द्रका नेता रहेका बादल प्रधानमन्त्री ओलीले नेतृत्व गरेको एमालेतर्फ लागेका छन् । गृहमन्त्री बादलसहित हाल प्रभु शाह, लेखराज भट्ट, टोपबहादुर रायमाझी, दावा तामाङ, गौरीशंकर चौधरी लगायतका माओवादी नेताहरुले एमालेमा नै रहने निर्णय गरेका छन् । पूर्व माओवादी केन्द्रका नेताहरुको यो निर्णय पछि एमालेले उनीहरुको व्यवस्थापन गर्ने कार्य अगाडि बढाएको छ ।

एमालेको उपाध्यक्षमा हालकी राष्ट्रपति विद्यादेवी भण्डारी रहेकी थिइन् । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि एमालेको उपाध्यक्ष पद रिक्त रहेको छ । स्रोतका अनुसार रिक्त रहेको उक्त पदमा गृहमन्त्री थापालाई लैजाने गरेर प्रधानमन्त्री ओलीसहितका पक्षले तयारी गरेको हो ।

पार्टी नेता बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य तथा भीम रावल पनि एमालेको उपाध्यक्षका रुपमा रहेका छन् ।

कमेन्टहरु
Loading...