काठमाडौं । माओवादी केन्द्रले तत्कालका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले नयाँ सरकार बनाउने वातावरण तयार नभएसम्मका लागि वर्तमान ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।
यस्तै नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेस तथा जनता समाजवादी पार्टी नेपालसंगको छलफललाई निरन्तरता दिने पार्टीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
पार्टीले संगठन निर्माणका लागि प्रतिवेदन पेश गर्न ४ सदस्य रहने गरेर कार्यदल समेत बनाएको छ । कार्यदलमा नेतृ पम्फा भुसालसहित नेताहरु वर्षमान पुन ‘अनन्त’ जर्नादन भुसाल तथा गिरिराजमणि पोखरेल छन् ।