काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी (जसपा) नेपालसंग छलफल गर्ने भएको छ ।
आज बसेको पार्टीको स्थायी कमिटीको बैठकले सरकार तथा संसदको विषयमा अब के गर्ने भन्ने बारे कांग्रेस तथा जसपासंग छलफल गर्ने निर्णय गरेको हो । बैठकले एमालेसंग पनि वार्ता गर्ने निर्णय गरेको छ ।
तत्काल एमालेसहित कांग्रेस तथा जसपासंग छलफल गर्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
भोलि दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने निर्णय भएको छ । यस्तै पार्टीले फागुन २९ गते केन्द्रीय समिति तथा चैत्र १ गते कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
सरकार गठनका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन पार्टीले फिर्ता गरेको छैन ।
सोही विषयमा पार्टीले एमालेसंग छलफल गर्न लागेको हो । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने या नगर्ने भन्नेबारे केही निर्णय नभएको नेता श्रेष्ठले जानकारी दिएका छन् ।