पेरिसडाँडामा सुरु भएको माओवादी केन्द्रको बैठकमा गृहमन्त्री थापा सहभागी भएनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलले पाउने तथा तत्कालीन नेकपा एमाले सहित माओवादी केन्द्र ब्युँतिएको फैसला सुनाएपशचात् पार्टीको पहिलो बैठक आज केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो । बैठकमार्फत् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनःगठनको प्रक्रिया अगाडि बढाउने बताइएको छ । प्रचण्डले आज माधव नेपाल पक्षसंग समेत अन्तिम पटक बैठक बसेका थिए ।

पार्टीको आजको स्थायी कमिटी बैठकमा सर्वोच्चले खारेज गरिसकेको नेकपाका स्थायी कमिटी सदस्यहरु सहभागी भएका छन् । नेकपा एमालेसंगको पार्टी एकता अगाडि माओवादी केन्द्रको स्थायी कमिटी थिएन ।

यता आजको माओवादी केन्द्रको बैठकमा माओवादी केन्द्र कै नेता ताथ गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलसहित उनी पक्षीय नेताहरु, मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेताहरु सहभागी भएका छैनन् ।

स्रोतका अनुसार उनीहरु एमालेमा नै बस्ने गरेर छलफल जारी रहेको छ ।

कमेन्टहरु
Loading...