तेस्रो डायमण्ड रनिङ शिल खेलकुद प्रतियोगिता सुरु

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा तेस्रो डायमण्ड रनिङ शिल खेलकुद प्रतियोगिता शुरु भएको छ । कोरोना महामारी कम भएर विद्यालय सञ्चालन भएपछि विद्यार्थीहरुलाई पढाईको साथसाथै खेलकुदका माध्यमले अगाडि बढाउने उद्देश्यले खेलकुद प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष चेतबहादुर गुरुङले विद्यालयका खेलकुद शिक्षक बिनोद थापालाई बल हस्तान्तरण गरेर खेलको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोका, व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने, शैक्षिक विभाग प्रमुख सञ्जीव थापा लगायतले खेलाडी विद्यार्थीलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना दिएका थिए ।

विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटनको दिन फुटबल, क्रिकेट खेल खेलाइएको थियो ।

खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिबल, टेबल टेनिस लगायतका खेल सिनियर समूहमा खेलाइने बताइएको छ भने जुनियर समूहमा अर्काे चरणमा खेलकुद प्रतियोगिता गर्ने विद्यालयमा अत्तिरिक्त क्रियाकलाव प्रमुख विकास लामिछानेले जानकारी दिएका छन् ।

खेलकुद प्रतियोगिता यही फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।

कमेन्टहरु
Loading...