काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मद्दा दायर गरेकी छिन् । नेता पन्तले केही दिन अगाडि वलीविरुद्ध सार्वजनिक रुपमा टिप्पणी गरेका थिए । सोही विषयलाई लिएर गायिका समेत रहेकी वलीले पन्तविरुद्ध आज मानहानीको मुद्दा दायर गरेकी हुन् । पन्तले फागुन १५ गते भएको एक कार्यक्रममा वलीले सारी सरक्क सर्काएर पिडौंला देखाउँदै पोइला जान पाम भन्ने गीत गाएकै आधारमा सांसद भएको टिप्पणी गरेका थिए ।
